Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मन्त्रिपरिषद बैठक : ओली सरकारले नियुक्ति गरेका राजदूत फिर्ता गर्ने निर्णय

    मन्त्रिपरिषद बैठक : ओली सरकारले नियुक्ति गरेका राजदूत फिर्ता गर्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।  सरकारले पूर्ववर्ती सरकार(केपी शर्मा ओली)को पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    यसअघि तत्कालीन नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो ।



    त्यस्तै, रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।

    यसैगरी आजको बैठकले सबै सीमानाका खुला गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार