Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सबै सीमा नाका खुला गर्ने मन्त्रिपरिषदको निर्णय

    सबै सीमा नाका खुला गर्ने मन्त्रिपरिषदको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    यस्तै, बैठकले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकार (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) ले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो ।



    आदेशमा प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् ।

    यसैगरी, बैठकले पूर्ववर्ती सरकारको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गर्दै राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्री कार्कीले बताए।

    यसअघि तत्कालीन नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो ।

    त्यस्तै, रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार