Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टिकटक बनाउने बहानामा सेती नदीमा खसेकी युवतीको शव आठ दिनपछि फेला

    टिकटक बनाउने बहानामा सेती नदीमा खसेकी युवतीको शव आठ दिनपछि फेला

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।

    टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् ।



    १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।



    सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् । ‘शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ’, डीएसपी तिमिल्सिनाले भने ।

    विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडियो खिचेका थिए । भिडियोमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार