Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मध्यरातमा अवैध जडिबुटी बोकेर हिंडेका ३ जना लमजुङबाट पक्राउ

    मध्यरातमा अवैध जडिबुटी बोकेर हिंडेका ३ जना लमजुङबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं मुल्यको अवैध जडिबुटीसहित ३ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले सदरमुकाम बेंसीसहरमा मध्यरातमा शंकास्पद रुपमा हिँडिरहेका  उनीहरुलाई बहुमूल्य जडिबुटी पाँचऔंले र निरमसीसहित  पक्राउ गरेको हो । बहुमूल्य जडिबुटीको मुल्य ५४ लाख पर्ने प्रहरीको भनाइ छ ।



    पक्राउ पर्नेहरुमा क्रमश : मर्स्याङ्दी गाउँपालिका ६ का ४८ वर्षीय आइतराम तामाङ, ३७ वर्षीय रामबहादुर तामाङ र २४ वर्षीय मिनबहादुर तामाङ रहेका छन्। ।



    उनीहरुको साथबाट १५ किलो ५ सय ग्राम ९१० हजार ७ सय ९( थान) पाँचऔंले र १३ किलो ४ सय ग्राम निरमसी बरामद गरिएको छ । बरामद अवैध जडिबुटी ५४ लाख रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

    पक्राउ गरिएका उनीहरुलाई सोधपुछसहित डिभिजन वन कार्यालय, लमजुङमा कानुनी कारबाहीको लागि बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार