Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालोन डीओरको नयाँ र्‍याङ्किङ सार्वजनिक, कुन खेलाडी कति नम्बरमा ?

    बालोन डीओरको नयाँ र्‍याङ्किङ सार्वजनिक, कुन खेलाडी कति नम्बरमा ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 3.3K
    SHARES

    एजेन्सी । बालोन डिओर व्यक्तिगत हिसाबमा दिइने फुटबलको सर्वश्रेष्ठ अवार्ड हो। यो अवार्डको महत्त्व निकै उच्च रहेको छ। एक वर्ष गरेको प्रदर्शनका आधारमा दिइने यो अवार्ड विश्वको उत्कृष्ट फुटबलरलाई प्रदान गरिन्छ।

    बालोन डीओर घोषणाको मिति नजिक आएसँगै फुटबलप्रेमीमा कौतुहलता बढिरहेको छ। कतिपयले अवार्ड कसले पाउँछ भनेर अहिले नै वादविदाद र ठोकुवा गरिरहेका छन्। हाल उत्कृष्ट १० फुटबलरहरु बालोन डीओर र्‍याङ्किङ सार्वजनिक भएको छ।



    सो ¥याङ्किङमा अर्जेन्टाईन सुपरस्टार लियोनल मेसीले सबैभन्दा अगाडि छन्। बालोन डि ओरको ताजा र्‍याङ्किङ अनुसार मेसी पहिलो नम्बरमा रहँदा करिम बेन्जिमा १० औं नम्बरमा छन्।



    अर्जेन्टिनाको सिनियर टिमबाट पहिलो पटक उपाधि जितेका मेसीलाई यसपटक बालोन डीओरको प्रबल दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताकै उत्कृष्ट ठहरिएका मेसी अब सातौँ पटक बालोन डीओर जित्ने अपेक्षामा छन्। उनले यसअघि ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड हात पारेका थिए।

    यस्तै, दोस्रो स्थानमा पोल्यान्डका फरवार्ड लेवान्डोस्की छन्। जसले गत जनवरीयता यो वर्ष बायर्न र पोल्यान्डका लागि ४८ गोल गरिसकेका छन्। नयाँ बुन्डेसलिगामा पनि उनले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेका छन्। अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने आठौँ स्थानमा छन्।

    हालैमात्र युभेन्टसबाट युनाइटेड सरुवा भएका पोर्चुगिज स्ट्राइकर रोनाल्डोले यस वर्ष ३३ गोल गरेका छन्। हालैमात्र रोनाल्डो एक सय ११ गोल गर्दै अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए।

    नयाँ र्‍याङ्किङअनुसार कुन खेलाडी कति नम्बरमा ?

    १. लियोनल मेस्सी

    २. रोबर्ट लेवान्डोस्की

    ३. जार्गिन्हो

    ४. एनगोलो कान्टे

    ५. रोमेलु लुकाकु

    ६. इयर्लिङ हालान्ड

    ७. किलियन एम्बाप्पे

    ८. क्रिस्टियानो रोनाल्डो

    ९. केभिन डी ब्रुयन

    १०. करिम बेन्जेमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार