Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले किन दिए राजीनामा ?

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले किन दिए राजीनामा ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएमा छन्। २०७६ साल असार ३ गते महानिर्देशकमा नियुक्ति भएका पोखरेलले मंगलबार राजीनामा दिएका हुन्।

    उनलाई ४ वर्षका लागि नियुक्ति दिइएको थियो। तर आफ्नो नियुक्तिको समय अझै २ वर्ष रहे पनि कानुन बाँझिएपछि उनले पदबाट राजीनामा दिएका हुन्। उनी प्राधिकरणको स्पष्ट कानुन नभएका कारण २७ महिनामै पदबाट बाहिरिएको बताइएको हो।



    पोखरेलको शुक्रबार १२ औं तहको सेवा अवधि ६ वर्ष पुग्दै छ । प्राधिकरणको कर्मचारी नियमावलीले १२ औं तहको सेवा अवधि ६ वर्षमात्रै तोकेको छ। कानुनले प्राधिकरणको महानिर्देशक हुन त्यहाँ सेवामा रहेको जोसुकैलाई वा नेपाल सरकारले चाहेको व्यक्तिलाई चार वर्ष महानिर्देशक नियुक्ति गर्न सक्ने प्रावधान छ।



    यी दुई प्रावधान एकआपसमा बाँझिएका कारण महानिर्देशक र उपमहानिर्देशकको सेवा अवधिमा अस्पष्टता छ। कानुनको अस्पष्टता र मन्त्रालयमा मन्त्री नहुनु र मन्त्रालयमा पठाइएको पत्रको जवाफ समयमा नआउनुले पोखरेरललाई राजीनामा दिनुपर्पे अवस्थामा पुराएको हो। मन्त्रिपरिषद् विस्तार नभएका कारण पर्यटनमन्त्री अध्यक्ष रहने संचालक समितिले पूर्णता पाएपछि उनको राजीनामा स्वीकृत हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार