Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • देउवाको निर्णयमा कांग्रेसमै असन्तुष्टि, पौडेल पक्षले बोलायो आकष्मिक बैठक

    देउवाको निर्णयमा कांग्रेसमै असन्तुष्टि, पौडेल पक्षले बोलायो आकष्मिक बैठक

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आकष्मिक बैठक आह्वान गरेको छ।

    प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नगरी नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल पक्षले आन्तरिक छलफलका लागि बैठक आह्वान गरेको हो।



    बैठकदिउँसो १ बजे कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने सो पक्षका एक नेताले जानकारी दिए। यसअघि देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए ।



    परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो ।

    यसअघि आजै आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

    बैठक दिउँसो ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार