Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ ।

    त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो ।



    यसैगरी महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो ।



    चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार