Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रामकुमारी झाँक्री नेकपा समाजवादीको सचिव

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवमा रामकुमारी झाँक्री चयन भएकी छिन्।

बिहीबार बिहान बसेको सचिवालयको बैठकमा झाँक्रीलगायत जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठलाई सचिव बनाउने सहमति भएको सचिवालयले जनाएको छ।

यस्तै,  उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।  महासचिवमा बेदराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् ।

मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077