Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्वसेनापतिहरुको दिल्ली सम्मेलनमा कालापानीको मुद्धा उठ्यो

काठमाडौं । पूर्व प्रधानसेनापतिहरुको भारतको राजधानी नयाँ दिल्लीमा ३ दिनसम्म चलेको सम्मेलनमा कालापानीको कुरा उठेको छ।

सेप्टेम्बर १६ देखि १८ सम्म फर्मर आर्मी चिफ कन्क्लेभ नाम दिएर दिल्लीमा सम्पन्न भएको सो कार्यक्रममा नेपालका पूर्वसेनापतिका तर्फबाट कालापानीलगायतको सीमा समस्या चाँडो समाधान हुनुपर्ने कुरा उठेको हो।

सैनिकस्रोतका अनुसार, नेपाली सेनापतिको तर्फबाट उपस्थितमध्येका सिनियर पूर्वप्रधान सेनापति प्यारजंग थापाले छोटो भनाइ राखेका थिए। जसमा नेपाल र भारतका बीचमा समस्याहरु दीर्घकालसम्म रहनु नहुने र ती समयमै समाधान गर्दै जानुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा भारतीय सेनाका सेनापति मनोजमुकुन्द नरभणे, चीफ अफ डिफेन्स स्टाफ विपीन रावतले समेत आआफ्नो धारणा राखेका थिए। बोल्नेक्रममा अधिकांशले नेपाल र भारतका बीचको परम्परागत सम्बन्धलाई मूल आधार बनाएका सैनिक मुख्यालय स्रोतले जनायो।

सम्मेलनमा नेपालका तर्फबाट प्यारजंग थापा, गौरवसमेशर राणा र राजेन्द्र क्षेत्रीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077