Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आफ्नै ग्राहकको खाताबाट २७ लाख झ्वाँम पार्ने सेन्चुरी बैंकका कर्मचारी पक्राउ

    आफ्नै ग्राहकको खाताबाट २७ लाख झ्वाँम पार्ने सेन्चुरी बैंकका कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 5.8K
    SHARES

    इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नै ग्राहकको खाताबाट २७ लाख रकम झ्वाँम पार्ने सेन्चुरी बैङ्कका कर्मचारी केशव राईलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार बैंक शाखा कार्यालय चतराका कर्मचारी राईलाई कीर्ते हस्ताक्षर गरेर ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा पक्राउ गरिएको हो।



    ३३ वर्षीय राईले चतराको सहायक पदमा कार्यरत हुँदा पार्वती बिष्टको खातामा रहेको २७ लाख रुपैयाँ कीर्ते हस्ताक्षर गरेर झिकेका थिए।उच्च अदालत विराटनगरले राईविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका थिए ।



    पक्राउ परेका राईलाई अदालतबाट ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार