Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

शुक्रबारको मौसम : केही स्थानमा वर्षा

काठमाडौं । भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले देशभरको मौसम परिवर्तन भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (शुक्रबार)बिहान विज्ञप्तिमार्फत आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यो क्रम रातीसम्मै जारी रहने विभागको विश्लेषण छ।

यसैगरी भोलि शनिबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077