Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

    दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अघिल्लो दिन रु ५००ले घटेको सुनको मूल्य आज फेरि रु ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो ।



    महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएकामा आज रु एक हजार १६० तोकिएको हो । \



    अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार