Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कुकुर पाल्न अब अनुमति लिनुपर्ने, पोखरामा शुरु भयो, उपत्यकामा कहिले ?

    कुकुर पाल्न अब अनुमति लिनुपर्ने, पोखरामा शुरु भयो, उपत्यकामा कहिले ?

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 2.1K
    SHARES

    पोखरा । पर्यटकीय नगरीको उपमा पाएको कास्कीको पोखरामा नेपालमै पहिलोपल्ट नयाँ नियम लागू भएको छ । पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक कुकुरको दर्ता अनिवार्य गरेको हो । महानगरको छैटौं नगरसभाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ पारित गरेको थियो । उक्त ऐनमा कुकुरपालकले अनिवार्य दर्ता गरेर अनुमतिपत्र लिनुपर्ने व्यवस्था थियो । ऐन पारित भएको दुई वर्षपछि कार्यान्वयनमा आएको हो ।

    महानगरपालिकाले बिहीबारबाट आफ्ना १० पशु सेवा केन्द्रमा दर्ता प्रक्रिया सुरु गरेको छ । सेवा केन्द्र नभएको वडा नम्बर ८ मा भने बिहीबार र शुक्रबार क्याम्प राखिएको थियो । कुकुरपालकले एक सय रुपैयाँ बुझाएपछि कुकुर दर्ता तथा पाल्ने अनुमतिपत्र पाउँछन् ।



    महानगरले पशुधनीको नाम, ठेगाना, घर नम्बर, फोन नम्बर, कुकुरको जाति, जात÷नश्ल, उमेर, बोलाउने नाम, रङ र लिंगको रेकर्ड राख्छ । अनुमतिपत्रसँगै बेल्टमा ट्याग झुन्ड्याइन्छ । ऐनबमोजिम दर्ता भएका कुकुरलाई छाडा छोड्न नपाइने, घरबाहिर दिसापिसाब गराउन नहुने प्रावधान छ । ऐनविपरीत कार्य गरे कुकुरपालकलाई ५ देखि १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ । छाडा छोडिएका कुकुर कसको हो भन्ने ट्यागबाट पत्ता लगाउने र जरिवाना गरिने महानगरले नियम बनाएको छ ।



    पोखरा महानगरपालिकाले यो नियम लागूगरेसँगै चौतर्फी रुपमा यसले चर्चा पाएको छ । महनगरपालिकाको सह्राहनिय काम भन्दै अधिकांशले प्रशंसा गरेका छन् । पोखरा महानगरपालिकामा शुरु भएको उक्त नियम उपत्यकामा पनि लागू हुनुपर्ने आवाज उठिरहेका छन् । उपत्यकामा छाडा कुकुरहरुका कारण दुर्घटना बढ्दै गएको, बजार क्षेत्र अव्यवस्थित बनेको जस्ता तर्क गरेर उक्त नियमा लागू गर्न आवाज उठिरहहेका छन् । तर, काठमाडौं महानगरपालिकाले भने यसबारे कुनै चासो देखाएको छैन ।

    छाडा कुकुरको टोकाइबाट नेपालमा रेविज लाग्ने गरेको पाइएको छ । फ्याउरो र स्यालबाट कुकुरमा रेविज सर्छ भने छाडा कुकुरबाट घरपालुवामा सर्ने गरेको शुपन्छी रोग अन्वेषण प्रयोगशालाको रेकर्डमा उल्लेख छ । नेपालमा रेविजका कारण हरेक वर्ष २ सय जनाको मृत्यु भएको रेकर्ड पनि प्रयोगशालामा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार