Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • १०,५७९ जनाको कोरोना परीक्षण गर्दा ९५३ जना संक्रमित, ६ जनाको मृत्यु

    १०,५७९ जनाको कोरोना परीक्षण गर्दा ९५३ जना संक्रमित, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मन्त्रालय अनुसार शनिबार पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन्।



    संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ।



    मन्त्रालयका अनुसार हाल १९ हजार ७०० सक्रिय संक्रमित छन्। आज काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार