Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनले १००० दिन बन्धक बनाएका दुई क्यानेडियन नागरिक रिहा

    चीनले १००० दिन बन्धक बनाएका दुई क्यानेडियन नागरिक रिहा

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीजका प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीन सरकारले बन्धक बनाएका दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ ।

    चीनले क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोरलाई १००० दिन अर्थात् झण्डै तीन वर्षदेखि हिरासतमा राखेको थियो ।



    उनीहरु शनिबार बिहानै क्यानडा पुग्ने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सञ्चारमाध्यमसमक्ष बताएका छन् । कोभ्रिग र स्पाभोरलाई २०१८ को डिसेम्बरदेखि चीनले नियन्त्रणमा राखेको थियो ।



    चीनले क्यानेडियन दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको हो । प्रधानमन्त्री ट्रुडोले पत्रकारहरुसँग कोभ्रिग र स्पाभोरले चीनमा कठिन समयको सामना गर्नुपरेको बताएका छन्।

    अन्तर्राष्ट्रिय समुदाय र सहयोगी राष्ट्रहरुले दुई नागरिकको रिहाइका लागि साथ दिएकोमा ट्रुडोले धन्यवादसमेत व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार