Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजदेखि भौतिक रूपमै सञ्चालनमा आए काठमाडौं महानगरभित्रका विद्यालयहरु

    आजदेखि भौतिक रूपमै सञ्चालनमा आए काठमाडौं महानगरभित्रका विद्यालयहरु

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु भौतिक रूपमा सञ्चालन भएका छन्।

    केही दिनअघि बसेको नगर शिक्षा समितिको बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना भाइरस महामारीका कारण वैशाखको दोस्रो सातादेखि बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन्।



    यस्तै, काठमाडौँ महानगरपालिकाले पनि आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा खोल्न सकिने निर्णय गरेको थियो। भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने महानगरकोे भनाइ छ।



    यसअघि नै काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने विद्यालय सञ्चालन गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार