Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अबैध एप्स र गेम एनसेलको आम्दानीका मुख्य स्रोत

    रोकिएन एनसेलको ठगी धन्दा, प्राधिकरणको निर्देशनबिपरित पुनरावलोकन गरेर चोखिने दाउ

    रोकिएन एनसेलको ठगी धन्दा, प्राधिकरणको निर्देशनबिपरित पुनरावलोकन गरेर चोखिने दाउ

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौं।  अबैध एप्स तथा गेमहरू सञ्चालन संचालन गरी १ अर्ब ११ करोड रुपैया ठगी गरेको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनलाई अटेर गरेको छ।

    सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा एप्स चलाएर   ठगी गरेको प्रमाणित भएपछि प्राधिकरणको २०७८  साउन ३२ गते बसेको बोर्ड बैठकले एनसेल आजियाटालाई सर्वसाधरणको १ अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न   निर्देशन दिएको थियो ।



    तर, उक्त रकम फिर्ता नगरी एनसेलले उल्टै प्राधिकरणको निर्देशन बिपरित फैसला चित्त नबुझेको भन्दै पुनरावलोकन समितिमा निबेदन दिएको प्रधिकरणका  सहायक प्रवक्ता अच्युतानन्द मिश्रले वताए।



    एनसेलले दुई वटा एप्स चलाउँदा मात्र एक अर्ब भन्दा बढी ठगी गरेको पाइएपछि  प्राधिकरणले २०७८ असार १७ गते स्पष्टीकरण सोधेको थियो। तर, स्पष्टीकरण पनि चित्तबुझ्दो नपाइएपछि प्राधिकरणले कारबाही स्वरुप १ अर्ब ११ करोड रुपैयाँ सर्वसाधारण उपभोक्ताहरुलाई फिर्ता गर्न निर्देशन दिएको थियो । ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उपभोक्तारूको मोबाइलमा पठाउन प्राधिकरणको बोर्ड बैठकले निर्देशन दिएको थियो।

    एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी सर्वसाधारणको रकम उनीहरूको स्वीकृति विना अनधिकृत रूपमा कटाएपछि प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको थियो।

    तर, अहिले एनसेलले पुन : एप्स तथा गेमहरू सञ्चालन गर्दै आएको स्रोतको दावी छ । सर्वसाधारण उपभोक्ताको जानकारी विना नै अटो रिन्यू गरी सर्वसाधारणको मोबाइलको ब्यालेन्स निरन्तर कटाएर एनसेलले अर्बौँ ठगी गरिरहेको छ ।

    दुई वटा एप्स चलाउँदा एक अर्ब भन्दा बढी ठगी गर्ने एनसेलले अहिले १०० भन्दा बढी  एप्स तथा गेमहरू सञ्चालन गरेको प्राधिकरण स्रोत वताउँछ। उक्त ठगी प्रकरणमा पनि प्राधिकरणले अनुसन्धान गरिरहेको छ।

    १०० भन्दा बढी  एप्स तथा गेमहरू सञ्चालन गर्दा एनसेलले पाँच अर्ब भन्दा बढी ठगी गरेको अनुसन्धानका क्रममा खुलेको स्रोतको दाबी छ। एनसेलको ठगी धन्दा नरोकिएपछि प्राधिकरणले नेपाल प्रहरीको केन्द्रिय अनुधन्धान व्युरो (सीआईबी)  मार्फत थप अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउने तयारी गरेको स्रोतले वतायो।

    ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन पनि निर्देशनमा भनिएको थियो।

    गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म उपभोक्ताहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी कमाइ गरेको थियो।

    अर्थमन्त्री जनार्दश शर्माले ठूला करदाता कार्यालयको प्रमुख हुँदा एनसेलको पूँजीगत लाभकर छलीमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएसँगै एनसेलले राजश्वली छली र  ठगी धन्दालाई निरन्तरता दिन थालेको स्रोतको दाबी छ।

    पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए। त्यतिखेर पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो । पौडेल एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वापात्र पनि मानिन्छन् ।

    अर्थमन्त्री शर्मालाई एक बिचौलियाले एनसेलका सिइओ एन्डि चोङसँग भेटघाट गराइदिएपछि पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउन शर्मा राजी भएका थिए।

    पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेलले नै खेलेका थिए । चुडामणि शर्मा र पौडेलकै योजनामा ७२ अर्ब लाभकर छली गर्ने टेलियासोनेरालाई नेपालबाट भगाइएको थियो ।

    २०७२ चैत ३० मा टेलियासोनेरा सेयर किनबेचको सम्पूर्ण प्रक्रिया टुंग्याएर नेपालबाट बाहिरिएपछि मात्र ठूला करदाताका तत्कालीन प्रमुख पौडेलले एनसेललाई पूँजीगत लाभकर तिर्न पत्र लेखेका थिए ।

    १ सय ३० अर्ब रुपैयाँको उक्त सेयर किनबेचमा पूँजीगत लाभकर तिराउनुपर्ने कुरा पहिल्यै थाहा भएर पनि टेलियासोनेराले एजियटालाई बिक्री गरेर बाहिरिसकेपछि पत्र काटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार