Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जन्मदिन मनाउन आलियासँग जोधपुर गए रणबीर, विवाहको तयारी !

    जन्मदिन मनाउन आलियासँग जोधपुर गए रणबीर, विवाहको तयारी !

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । भोली बलिउड अभिनेता रणबीर कपुरको जन्मदिन हो। उनको यो ३९ औं जन्मदिन हो।

    अभिनेता आफ्नो जन्मदिनको दुई दिन अघि अभिनेत्री आलिया भट्टसँग ‘प्राइभेट सेलिब्रेसन’ का लागि जोधपुर गएका छन्। उनीहरु दुबैलाई आइतबार जोधपुर विमास्थलमा देखिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्।



    रणबीर–आलिया छिट्टै विवाह गर्ने तयारीमा रहेको बताइएको छ। मिडिया रिपोर्टका अनुसार रणबीर–आलिया आफ्नो विवाह स्थल फाइनल गर्न र जन्मदिन मनाउन जोधपुर गएका हुन्।



    यसो त अघिल्लो वर्ष उनीहरु दुबैको परिवार नयाँ वर्ष मनाउन रणथंभौर पुगेका थिए। त्यतिबेला पनि उनीहरु विवाह स्थल खोज्न र इन्गेजमेन्ट गर्न त्यहाँ पुगेको बताइएको थियो। यद्यपि, यो एक अफवाह थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार