Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं — राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ। सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले रे अध्यादेश खारेज गरेकी छन्।

    सोमबार नै बसेको मन्त्रिपरिषदको निर्णयले अध्यादेश खारेज गर्ने निर्णय गर्दै यसका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।



    प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।



    सहजै दल फुटाउन सक्ने उक्त अध्यादेश निष्क्रिय नभए सत्तारुढ दल नै फुट्ने डर भएका कारण खारेज गर्ने निर्णय भएको थियो। केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सो अध्यादेशमा थियो।

    मन्त्रिपरिषद् विस्तारमा पनि अध्यादेश नै बाधक बनेको थियो। जनता समाजवादी पार्टीले अध्यादेश खारेज नभए सरकारमा सहभागी नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको थियो।

    एमाले फुटाउन माधवकुमार नेपाललाई सहज होस भनी देउवा सरकारले उक्त अध्यादेश ल्याएको थियो। त्यसबाट एमालेसँगै जसपा पनि फुटेको थियो। दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार