Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सम्पर्कविहिन भएको ३७ वर्षपछि विमानले अवतरण अनुमति मागेपछि…

    सम्पर्कविहिन भएको ३७ वर्षपछि विमानले अवतरण अनुमति मागेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 2.2K
    SHARES

    एजेन्सी – अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा एक विमानले उडान भरेको ३७ वर्षपछि अवरण अनुमति मागेको समाचार छ्यमप्छ्याप्ती पाइन्छ। तत्कालिन समाचार संस्थाहरुले तयार पारेको रिपोर्ट नयाँ खुलेका सञ्चारमाध्यमले पनि साभार गरेको पाइन्छ।

    कतिपय मानिसहरुले यो समाचारलाई वास्तविक भएको मान्छन्। हुन त घटनाक्रमलाई जसरी व्याख्या गरिएको थियो त्यसले यो सत्य नै हो जस्तो महसुस गराउँछ। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा यसको भ्रम र वास्तविकताबारे यो रिपोर्ट तयार पारेको छ।



    घटनाको कहानी यस्तो छः



    न्यूयोर्क सिटीको एक इन्टरनेशनल एयरपोर्टबाट ५७ जना यात्रु बोकेर एउटा चार्टर प्लेन फ्लाइट ९१४ उडान भर्दछ। मायामीतर्फ उडेको यो प्लेन आधा बाटोमा पुगेपछि सम्कर्पविहीन हुन्छ। त्यसपछि लामो समयसम्म खोज तथा अनुसन्धान गर्दा पनि प्लेनको अवस्थाबारे कुनै पनि जानकारी प्राप्त हुँदैन।

    महिनौंसम्म खोजी गर्दा पनि नभेटिएपछि प्लेन दुर्घटना भएको आधिकारिक घोषणा गरिन्छ। तर अचम्म सोही प्लेन उडान भरेको ३७ वर्षपछि अवतरण हुन पुग्छ। केही घण्टाका लागि उडेको डिसी ४ फ्लाइट नम्बर ९१४ हराएको ३७ वर्षपछि कसरी अवतरण हुन पुग्यो ? त्यसबीचमा सो प्लेन कहाँ गएको थियो ? जिज्ञाशा हुन सक्छ।

    सन् १९५५ जुलाई २ मा जब प्लेन गायब भयो। त्यसको ३७ वर्षपछि सन् १९९२ मा भेनेजुएलाको कराकस एयरपोर्टका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) मा एक अज्ञात प्लेनले अवतरणका लागि अनुमति माग्छ।

    ट्राफिक कन्ट्रोलर जोनले पाइलटसँग कुरा गर्छन्। पाइलटले यो प्लेन डीसी ४ फ्लाइट नम्बर ९१४ भएको बताउँछन्। उनले ट्राफिक कन्ट्रोलरलाई क्रु मेम्बरसहित ५७ जनाको टोली न्युयोर्कबाट मायामी फ्लोडिराका लागि उडान भरेको जानकारी गराउँछन्।

    यसपछि जोनले ३७ वर्षअघि गायब भएको प्लेन भएको ठहर गर्छन्। उनको होश नै उड्लाजस्तो हुन्छ। उनले प्लेनलाई ल्याण्ड गर्ने अनुमती दिन्छन्। ल्याण्ड गर्ने बेला पाइलटलाई सबै कुरा नयाँ लागिरहेको हुन्छ।

    एयरपोर्टका क्रु मेम्बरले पाइलटलाई यो सन् १९९२ भएको र उक्त एयरपोर्ट कराकस एयरपोर्ट हो भनेर सुनाउँछन्। अब पाइलट नै झसङ्ग हुन्छन्। त्यसपछि उनले तत्काल प्लेनको उडान भर्छन्।

    त्यसक्रममा उनको फाइलबाट एउटा पेपर एयरपोर्टमा झर्छ जुन् १९५५ को क्यालेण्डर हो। कराकस एयरपोर्टबाट उडेको प्लेन केहीबेरमा आकाशमा हराउँछ। यो घटनाको प्रमाण उक्त एयरपोर्टको ग्राउण्डमा रहेका क्रु मेम्बर हुन्। त्यससँगै एयर ट्राफिक कन्ट्रोलरसँग पाइलटले गरेको कुराकानी पनि।

    ३७ वर्षपछि विमान यसरी अवतरण हुनुमा टाइम ट्राभल भएको मान्नुपर्छ। टाइम ट्राभल २ तरिकाले गर्न सकिन्छ। एउटा ब्लाक होलको गुरुत्वाकर्षण क्षेत्रमा गएर अनि दोस्रो प्रकाशको गतिभन्दा छिटो गतिमा यात्रा गरेर।

    पृथ्वीमा ब्लाक होल हुनु सम्भव छैन। अर्को कुरा फ्लाइट ९१४ दुई इञ्जिन जडित प्लेन हो। यसको गति अहिलेको विमानकोभन्दा निकै कम थियो। यस्तो अवस्थामा प्रकाशको गतिभन्दा छिटो विमानको गति भएको मान्न सकिँदैन। यो घटना टाइम ट्राभलका कारण सम्भव भएन। त्यसो भए वास्तविकता के हो ?

    अब घटनाको रहस्य बुझ्नका लागि पाइलटले छाडेको १९५५ को क्यालेण्डरको अध्ययन गर्नुपर्छ। ती पाइलटसँग सो वर्षको क्यालेण्डर किन र कहाँबाट आयो ? उडानको समयमा पाइलटलाई दिनबार याद रहन्थ्यो होला त ? त्यस्तै त्यो कुन फाइल थियो, जहाँबाट क्यालेण्डर झरेको थियो ?

    यसको अध्ययनका लागि २० वर्षअघि जानुपर्छ। सन् १९३५ को अक्टाबेरमा ३० मा बी२९९ नामक विमान टेकअपको क्रममा क्र्यास हुन्छ। यसको कारणबारे अध्ययन गर्दा पाइलटले फ्लाइट कन्ट्रोल सर्फेसको अनलक गर्न नसकेको पाइन्छ।

    फ्लाइट कन्ट्रोल सर्फेस त्यो सिस्टमलाई भनिन्छ जसले विमानको दिशा र अल्टिच्युडलाई मेन्टेन गरिराख्दछ। तर त्यतिबेला अहिले जस्तो प्रविधि थिएन। पाइलटले ती कन्ट्रोलहरु एक सिक्वीन्समा याद गर्नुपर्थ्यो। तर बी२९९ का पाइलटले उक्त कुरा बिर्सिँदा सो विमान दुर्घटना भयो।

    त्यसपछि हरेक प्लेनमा एउटा चेकलिस्ट राख्नुपर्ने घोषण गरियो। चेकलिस्टमा पाइलटका लागि आवश्यक हरेक कुराहरु लेखिएको हुन्छ। फ्लाइट ९१४ का पाइलटसँग पनि सो कुरा भएको हुनुपर्छ। तर यहाँ क्यालेण्डरको के सम्बन्ध ?

    शुरुवातदेखि जति विमानहरु हराएका वा दुर्घटना भएका हुन्छन् ती सबैको रेकर्ड राखिएको हुन्छ। यदि हामीले २ जुलाई १९५५ मा मिसिङ विमानको लिस्ट हेर्यौं भने त्यसमा कुनै पनि रेकर्ड भेटिँदैन। न्यूयोर्कबाट फ्लाइट ९१४ ले उडान गरेको पनि पाइँदैन।

    त्यस अवधिमा उक्त नामको कुनै पनि प्लेनले न्यूयोर्कबाट मात्र हैन विश्वभरबाट पनि उडान भरेको वा हराएको रेकर्ड छैन। विमान हराएको दोस्रो दिन कुनै पनि पत्रिकामा सो फ्लाइटबारे समाचार लेखिएको पाइँदैन।

    यतिमात्र हैन विश्वभर बनेको प्लेनको लिस्ट चेक गर्दा उक्त नामको विमान बनेको रेकर्ड नै भेटिँदैन। यो समाचार सत्य हो भने यसले विश्वभरका मिडियामा स्थान पाउनुपर्ने हो। तर त्यस्तो केही पनि प्रमाण फेला पार्न सकिँदैन।

    वास्तविकता के हो भने न यस्तो विमान कहिल्यै बनेको थियो न १९५५ मा त्यस्तो घटना नै भएको थियो। त्यसो भए कसरी यो कुरा भाइरल भयो त ? शुरुमा भेनेजुएलाको एक पत्रिकामा प्रत्यदर्शी भनि जोनको फोटोसहित यो समाचार छापिएको थियो।

    प्रत्यक्षदर्शी भनिएका जोन तीनै हुन् जसले पाइलटसँग कुरा गरेको दाबी गरिएको थियो। तर त्यसपटक समाचार भाइरल भएन। त्यसको केही वर्षपछि प्रत्यक्षदर्शीको फोटो परिवर्तन गरी सोही समाचार फेरि छापियो। यसपटक समाचार भाइरल भयो।

    अन्य अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पनि यसलाई प्राथमिकतामा राखेर समाचार बनाए। जसका कारण यसले विश्वमा नै तरंग ल्यायो। त्यसपछि गरिएको खोज तथा अनुसन्धानमा यो घटनाको कुनै प्रमाण नै फेला परेन। हाल पनि यो विषयमा विश्वभरका समाचार संस्थाहरुले चासो देखाइरहेको पाइन्छ। स्वदेश नेपालबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार