Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र नेपाली सेनाबीचबीच सूचनाको आदान प्रदान आवश्यक छ : आईजीपी

    शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र नेपाली सेनाबीचबीच सूचनाको आदान प्रदान आवश्यक छ : आईजीपी

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा प्रहरीको प्रमुख दायित्व रहेको बताएका छन् ।

    नेपाली सैनिक वार कलेज नगरकोटमा हाइ कमाण्ड एण्ड मेनेजमेन्ट कोर्ष सि.सं. १० का तालिमरत महासेनानी ३१ जना र प्रमुख सेनानी ४ जना गरी ३५ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमणका क्रममाउ आईजीपी क्षेत्रीले उक्त कुरा बताएका हुन् ।



    भ्रमणका क्रममा अधिकृतहरुले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेका थिए ।



    अवलोकन पश्चात आयोजित कार्यक्रममा आईजीपी क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

    प्रहरीप्रति जनताको अपेक्षा धेरै हुने हुनाले जघन्यलगायतका अपराध नियन्त्रण एवं प्रहरीलाई सुम्पिएको जिम्मेवारी निर्वाह गर्न स्थानीय तह तथा समुदायसँग समेत समन्वय गर्दै अगाडि बढेको बताउँदै उनले खुल्ला सिमानाका कारण हुने गरेका सिमावर्ती अपराध नियन्त्रणका लागि समेत प्रहरी संवेदनशील रहेको जानकारी गराए ।

    अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै आईजीपी क्षेत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने धारण व्यक्त गरे ।

    प्रहरी समायोजन कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले त्यसमा देखिन सक्ने समस्या तथा चुनौतिको समेत विश्लेषण गरी आवश्यक तयारी भईरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार