Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    यसअघि हिजो प्रधानमन्त्री देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका थिए । जुन बैठक अहिले बालुवाटारमा जारी रहेको छ।



    आजको मन्त्रिपरिषद् बैठकमा केही महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । देउवा नेतृत्वको सरकारमा हाल प्रधानमन्त्रीसहित ७ जनाको मन्त्रीमण्डल रहेको छ।

    सरकार गठन भएको २ महिनाभन्दा बढी समय बित्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाको चर्को आलोचना हुँदै आइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार