Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सल्यानमा जिपको ठक्करबाट विद्यालय आउँदै गरेका ५ जना छात्रा गम्भीर घाइते

    सल्यानमा जिपको ठक्करबाट विद्यालय आउँदै गरेका ५ जना छात्रा गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    सल्यान । जिल्लाको बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपको ठक्करबाट  शिवजन मावि सितलपार्टीमा अध्ययनरत पाँच जना छात्रा गम्भीर घाइते भएका छन् ।

    शुक्रबार बिहान १० बजे विद्यालय आउँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा सल्लाको छहारीमा सितलमा उभिएका छात्रालाई जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।



    जिपको ठक्करबाट घाइते हुनेमा शारदा नगरपालिका–६ की १८ वर्षीया मीना परियार, २० वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशिला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी, १८ वर्षीया सुनीता नेपाली रहेकी छिन् । उनका अनुसार गम्भीर घाइते भएका सबैलाई श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।



    जिप चालक २५ वर्षीया टंकप्रसाद ओलीलाई पक्राउ गरेर र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार