Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १५२औं गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा विभिन्न कार्यक्रम सम्पन्न

    १५२औं गान्धी जयन्तीको अवसरमा भारतीय दूतावासद्वारा विभिन्न कार्यक्रम सम्पन्न

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन् ।

    १५२औं गान्धी जयन्तीको अवसरमा भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि २०७८ आश्विन १७ देखि २२ गते सम्म खुला रहनेछ ।





    गान्धी जयन्तीको अवसरमा आज विहान भारतीय दुतावास प्राङ्गणमा रहेको गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरि सम्मान प्रकट समेत गरेका थिए ।

    सोही अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा ‘स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम’ को आयोजना गरेको छ ।

    त्यसैगरी भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता थियो ।

    त्यसैगरी आजै नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना भएको थियो ।

    प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइदै आइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार