Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ८६७ जनामा कोरोना पुष्टि हुँदा १,१२३ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु

    ८६७ जनामा कोरोना पुष्टि हुँदा १,१२३ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा भने १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।

    देशभरका प्रयोगशालामा ५ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।



    संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् । त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।



    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार