Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • महिलाले पिसाब गरिरहेको भिडियो बनाएर पोर्न साइटमा राखिदिएपछि…

    महिलाले पिसाब गरिरहेको भिडियो बनाएर पोर्न साइटमा राखिदिएपछि…

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 3.6K
    SHARES

    एजेन्सी – स्पेनको एक स्थानीय अदालतको निर्णयको विषयमा महिला अधिकारको समूहमा भारी असन्तोष छ । अदालतले सार्वजनिक स्थानमा पिसाब गरिरहेका महिलाको भिडियो बनाएर पोर्न वेबसाइटमा हालेको मुद्दालाई खारेज गरिदिएको छ ।

    सार्वजनिक शौचालयको कमीका कारण थुप्रै पटक महिलाले गल्लीमा लुकेर पिसाब गर्नु परिरहेको छ । करिब ८० महिला र युवतीको यस्तो भिडियो बनाइएको थियो । स्पेनको उत्तर–पश्चिमी शहर सर्वेमा एक स्थानीय पर्वका बेला गोप्य क्यामरा राखिएको थियो ।



    थुप्रै भिडियोमा महिलाको यौनाङ्ग र अनुहारलाई निकै नजिकबाट देखाइएको थियो । यसलाई पोर्न साइटमा अपलोड गरेर केही भिडियो हेर्नका लागि पैसा पनि मागिएका छन् । यी महिलालाई यसबारे थाहा भएपछि तीमध्ये धेरै महिलाले सन् २०२० मा यसविरुद्ध कानूनी कारवाही गरेका थिए ।



    उनीहरुले गोपनीयताको अधिकारको उल्लंघन अन्तर्गत यसको अनुसन्धान गरिनुपर्ने भन्ने माग राखेका थिए । यद्यपि, यी भिडियो कसले बनाएका थिए यसबारे कुनै जानकारी छैन ।

    एक स्थानीय न्यायाधीश पाब्लो मुन्योज वाकिजले यो मुद्दा खारेज गरिदिएका छन् । त्यसपछि महिला अधिकार समूहले निर्णयविरुद्ध आवाज उठाएका छन् । वुमन फर इक्वेलिटी बुरेला (बुमेई) असोसिएसनको नेतृत्वमा यसका लागि अपिल गरियो ।

    उक्त भिडियो सार्वजनिक स्थानमा रेकर्ड गरिएका कारण यसलाई आपराधिक मान्न नसकिने बताइयो । यसबाट प्रभावित जेनिफरले आफूलाई उक्त भिडियोबारे थाहा हुँदा उनी निकै आत्तिएको बताइन् ।

    उनले यसबाट निस्कनका लागि थेरापीको सहारा लिनुपरेको र अब यो निर्णयले उनको समस्या थप बढाइदिएको बताएकी छिन् । जेनिफर भन्छिन्, ‘यसले मलाई निकै निराश बनाएको छ । यदि कसैले सडकमा तपाईंको रेकर्डिङ गर्छ र त्यसलाई पोर्न साइटमा हालेर पैसा कमाउँछ भने, उनीहरुले यस्तो गर्नु ठिक हो भनिरहेका छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार