Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएल : चेन्नइविरुद्ध राजस्थान विजयी

    आईपीएल : चेन्नइविरुद्ध राजस्थान विजयी

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.4K
    SHARES

    एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरेको छ।

    शनिबार आबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नइलाई ७ विकेटले हराएको हो। चेन्नइले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो।



    राजस्थानको जितमा शिबम डुबेले अविजित ६४ रन बनाए। याशभी जैसवालले ५० रन बनाए। चेन्नइका सार्दुल ठाकुरले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।



    चेन्नइका लागि रुतुराज गायकवाडले १०१ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन। रविन्द्र जडेजाले अविजित ३२ तथा फाप डु प्लेसिसले २५ रन बनाए।

    राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए। जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ। हारका बाबजुत चेन्नइ १८ अंक जोडेर शीर्ष स्थानमा कायमै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार