Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सर्पको टोकाइबाट महोत्तरीमा १३ वर्षीय बालकको मृत्यु

    सर्पको टोकाइबाट महोत्तरीमा १३ वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    महोत्तरी । महोत्तरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

    जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्वर २ अनैठामा शनिबार राति सर्पको टोकाईबाट मदन रामका १३ वर्षीय छोरा आकाश राम मृत्यु भएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले टोकेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।



    केन्द्रमा उपचार गरी घर फर्किदै गरेको अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार