Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्न लागेका दीपक तिमिल्सिना एनसेलका बिचौलिया !

    प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्न लागेका दीपक तिमिल्सिना एनसेलका बिचौलिया !

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 4.5K
    SHARES

    काठमाडौं । मन्त्रिमण्डल गठनको भागवण्डामा राजनीतिक दलहरुका अलवा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि मुछिएपछि न्यायालयको गरिमामाथि प्रश्न चिन्ह उठेको छ। प्रधानन्यायाधीश राणाको  कोटाबाट अदालतको विचौलियाको भूमिकामा रहेका दिपक तिमिल्सिना र गजेन्द्र हमालले मन्त्री पाउने भएका हुन् ।

    सर्वोच्च अदालतका पूर्व आइटी विज्ञ दिपक तिमिल्सिनालाई तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बर्खास्त गरेका थिए ।



    उनीमाथि भ्रष्टाचारको आरोप थियो । हाल अदालतको विचौलियाको भूमिकामा रहेका तिमिल्सिनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना प्रविधि तथा सञ्चारमन्त्री नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।



    त्यस्तै प्रधानन्यायाधीशको दिवंगत पहिलो श्रीमतीको भाई अर्थात सालो गजेन्द्र हमाललाई समेत मन्त्री बनाउने तयारी छ ।

    उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

    प्रधान्यायाधीश जबराले कांग्रेसी पृष्ठभूमिका हमाललाई नै मन्त्री बनाउने सिफारिस गरेका छन् । हमाल नेपाली कांग्रेस बाँकेका पूर्व जिल्ला सभापति हुन् ।

    प्रधानन्यायाधीश राणाको  कोटाबाट अर्कोतिर मन्त्री बन्ने सार्वजनिक भएका दिपक तिमिल्सिना एनसेल पुँजीगत लाभकर काण्डका योजनाकार समेत हुन।

    आफ्नो व्यापारको नाफाको करिब एक खर्ब लाभकर नतिरेर नेपाललाई ठगिरहेको एनसेलको लुटलाई वैधता दिन तिमिल्सिना बिगतदेखि नै लाग्दै आएका छन्।

    सर्बोच्चमा उनै तिमिल्सिनाकै सेटिङमा   कम रकम लाभकार तिर्नुपर्ने गरी न्यायाधीशहरूले एनसेलको पक्षमा फैसला गरेको आरोप लागेको थियो।

    एनसेलका नेपाल हेर्ने व्यापारी सतिशलाल आचार्य, अदालतमा विचौलियाको काम गर्ने उनै तिमिल्सिना र आचार्यका भाई सचिनलालको योजनामा सर्वोच्चमा सेटिङ मिलाएपछि एनसेलको ठगी धन्दाले बैद्यता पाएको  थियो ।

    सतिशलाललाई प्रहरी देखि नेता र अदालतसम्म सेटिङ मिलाउने दलाल हुन् तिमिल्सिना । कुनै समय गैरआवासिय नेपाली उपेन्द्र महतोका कर्मचारी रहेका तिमिल्सिनाले नै सर्वोच्च अदालतमा सेटिङ मिलाई एनसेललाईअर्बौ  लाभकर तिर्नबाट रोकाएका थिए ।

    तिमिल्सिनाको प्रधानन्यायाधीश राणाका भाई प्रभुशमशेर राणासँग पनि उठबस रहँदै आएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार