Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

    कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। कांग्रेस काठमाडौं महानगरपालिकाको आइतबार भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए। नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत छन्।



    यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचितभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए।



    लामो समयपछि भएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो। बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौंको मतदान भएको थियो। काठमाडौं महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा ३२ वडा रहेका छन्।

    यसअघि काठमाडौंको सात नगरपालिका निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार