Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ललिता निवास प्रकरण: बाबुराम भट्टराई र माधव नेपालविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    ललिता निवास प्रकरण: बाबुराम भट्टराई र माधव नेपालविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बालुवाटारको सरकारी जग्गा (ललिता निवास) प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्दको मुद्धामा सुनुवाई हुने भएको छ ।

    सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।



    यसअघि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेशको माग गर्दै  सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।



    सोमबार सर्वोच्चले निवेदन बमोजिम रिट जारी गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे पुन: अनुसन्धान गर्नुपर्ने हुन्छ। यसअघि सोही मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छादार धरौटीमा रिहा भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार