Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चोलेन्द्रको कोटामा मन्त्री बन्न लागेका विचौलियाको ओलीसँग पनि साँठगाँठ !

    चोलेन्द्रको कोटामा मन्त्री बन्न लागेका विचौलियाको ओलीसँग पनि साँठगाँठ !

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको कोटामा मन्त्री बन्ने भनी एकाएक चर्चामा आएका विचौलिया दीपक तिमिल्सिनाको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि साँठगाँठ रहेको एक तस्विरबाट खुलासा भएको छ ।

    अहिले सामाजिक सञ्जालहरुमा ओली र तिमिल्सिनाको तस्विर भाइरल बनेको छ । तिमिल्सिनाले ओलीसँग टीका लगाएको तस्विर बाहिरिएको हो । योसँगै विचौलिया तिमिल्सिनाको बारेमा धेरै प्रश्न उठेका छन् ।



    पत्रकार जीवन विसीले आफ्नो फेसबुकमा लेखेका छन्,‘प्रधानन्यायाधीशले भाग मागेर दीपक तिमिल्सिनालाई मन्त्री बनाउँदैछन् भन्ने हल्ला बजारमा निकै चलेको छ । यी दीपक पनि ओली बा कै रमिते छोरा हुन् । नाम अरुको बदनाम भएपनि ओलीको आर्शीवाद त निधारमै छ ।’



    ओली निकट नेता राजन भट्टराईले पनि तिमिल्सिनालाई मन्त्री बनाउन लागेको चर्चाका विषयमा ट्वीटमार्फत सेटिङ भनेर कडा टिप्पणी गरेका छन् । उनले लेखेका छन्,‘आखिर सत्य कुरा उजागर हुनु थियो भयो । के प्रयोजनका लागि र कसरी छ वर्षका लागि निर्वाचित सरकारलाई ढालिएको रहेछ र त्यसका लागि के कस्ता सेटिङ गरेर परमादेश गराइइएको रहेछ भन्ने कुरा ? लडेर ल्याएको ब्यबस्था र संविधानमाथि चुनौती थपिएको छ । पात्र र प्रवृत्ति चिनौं र सामना गरौं ।’

    तिमिल्सिनाले पछिल्लो समय ओलीका लागि काम गर्दै आएको समाजिक सञ्जालमा छरपस्ट भएको छ । प्रधानन्यायाधीश राणाको कोटाबाट मन्त्री बन्ने सार्वजनिक भएका तिमिल्सिना एनसेल पुँजीगत लाभकर काण्डका योजनाकार समेत हुन।

    आफ्नो व्यापारको नाफाको करिब एक खर्ब लाभकर नतिरेर नेपाललाई ठगिरहेको एनसेलको लुटलाई वैधता दिन तिमिल्सिना बिगतदेखि नै लाग्दै आएका छन्। सर्बोच्चमा उनै तिमिल्सिनाकै सेटिङमा कम रकम लाभकार तिर्नुपर्ने गरी न्यायाधीशहरूले एनसेलको पक्षमा फैसला गरेको आरोप लागेको थियो।

    एनसेलका नेपाल हेर्ने व्यापारी सतिशलाल आचार्य, अदालतमा विचौलियाको काम गर्ने उनै तिमिल्सिना र आचार्यका भाई सचिनलालको योजनामा सर्वोच्चमा सेटिङ मिलाएपछि एनसेलको ठगी धन्दाले बैद्यता पाएको थियो ।

    सतिशलाललाई प्रहरी देखि नेता र अदालतसम्म सेटिङ मिलाउने दलाल हुन् तिमिल्सिना । कुनै समय गैरआवासिय नेपाली उपेन्द्र महतोका कर्मचारी रहेका तिमिल्सिनाले नै सर्वोच्च अदालतमा सेटिङ मिलाई एनसेललाईअर्बौ लाभकर तिर्नबाट रोकाएका थिए । तिमिल्सिनाको प्रधानन्यायाधीश राणाका भाई प्रभुशमशेर राणासँग पनि उठबस रहँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार