Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा समाजवादी स्थायी कमिटीको बैठक बस्दै

    नेकपा समाजवादी स्थायी कमिटीको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ।

    बैठक बिहिबार बिहान ११ बजे पार्टी कार्यालय तिनकुनेमा बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।



    कार्यालय स्रोतका अनुसार बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सम-सामयिक राजनीति, सरकारलगायतका बिषयमा छलफल हुने बताइएको छ।



    यसअघि पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि बैठक बस्न सकेको थिएन । उपचारपछि आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था अहिले ठिक रहेको उनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार