Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डा. बस्नेतलाई असफल बनाउन वीरमा फेरि भ्रष्ट समूह सलवलायो

    डा. बस्नेतलाई असफल बनाउन वीरमा फेरि भ्रष्ट समूह सलवलायो

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताललाई कोभिड यूनिफाइड केन्द्रीय अस्पताल बनाएको छ । ओली नेतृत्वको सरकारले मेडिकल माफियाको उपमा पाएका ११औं तहका चिकित्सक डा. जागेश्वर गौतमलाई प्रमुख बनाएसँगै वीरमा आर्थिक अनियमितताले जरो गाडेको थियो ।

    त्यतिबेला डा. गौतमको सेटिङमा करोडौंको टेण्डर जारी भएको र आफै सेयरहोल्डर रहेको कम्पनीलाई ठेक्का दिलाएको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार पनि आए ।



    तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै डा. गौतमलाई वीरबाट सरुवा गरियो । गौतमको बहिरगमनसँगै अस्पताल पूर्ण रूपमा सन्चालन हुँदै आएको छ भने दैनिक दुइ हजार भन्दा बढी बिरामीले सेवा लिइ रहेको अस्पतालको रेकर्डमा उल्लेख छ ।



    कोभिड अस्पतालमा दुइ सय भन्दा बढी बिरामी उपचारत रहेको, सय वेड आइसीयु सन्चालनका लागि तयारी तिव्र रुपमा अघि बढाइएको र सिटिस्याक्यान, एमआरआइ, प्याथोलिजी, इमर्जेसी सेवा चुस्त भैरहेको वीरका कर्मचारीहरु नै बताउँछन् ।

    अहिले वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा पूर्व निर्देशक डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ । बस्नेत प्रमुख बनेसँगै अस्पतालमा केही सुधारका संकेत नदेखिएका भने होइनन्, तर, यहि बेला केही भ्रष्टहरुले भने पुनः चलखेल शुरु गरेका छन् ।

    लामो समयदेखि वीर अस्पतालको खरिद एकाई र सामाजिक एकाईमा बसेर अकुत सम्पत्ति आर्जन गरेका केही भ्रष्ट कर्मचारीहरुले डा. बस्नेतलाई असफल बनाउन मेडिकल माफियामार्फत चलखेल गरेको वीर अस्पताल स्रोतको दावी छ ।

    उक्त समूहले पुनः वीर अस्पतालको मेडिकल सामागी खरिद, कर्मचारी भर्ना र ठेक्कामा गरिने कर्मचारी भर्नामा आफूनिकटसँग मिलेल एकलौटी गर्न खोजिरहेका छन् । उपकरण खरिदमा मेडिकल स्टोरका टिकाराम पनेरु र जनरल स्टोर तथा लेखा शाखा प्रमुख लोक बोहरा मेडिकल माफियासँग मिलेर डा. बस्नेतलाई असफल बनाउन लागि परेको वीरकै एक कर्मचारीले अनलाईन नेपाललाई बताए ।

    आफू निकटका सप्लायर्सहरुलाई बोलाएर उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालयल र डा. वस्नेतलाई मिलाउने जिम्मा हाम्रो भयो दररेट मिलाएर ल्याउ भन्दै खुलमखुल्ला चुनौती दिन थालेका छन् ।

    जसले गर्दा वीरका केही कर्मचारीहरुले अहिले लेखा प्रमुख बोहराको सरुवा, मेडिकल स्टोर माथि अनुगमन र वीरबाट सरुवा भएका कर्मचारीहरुको रमाना लगायतको माग राखेर स्वास्थ्य मन्त्रालय र सचिवलाई निवेदन दिने तयारी गरिरहेको समेत स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार