Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपाल र भारत भिड्दै : हालसम्म २१ पटक प्रतिस्पर्धा हुँदा को बलियो ? यस्तो छ तथ्याङ्क

    नेपाल र भारत भिड्दै : हालसम्म २१ पटक प्रतिस्पर्धा हुँदा को बलियो ? यस्तो छ तथ्याङ्क

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 4.1K
    SHARES

    काठमाडौं – साफ च्याम्पियनसीपको आफ्नो तेस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति ९ः४५ बजे शुरु हुनेछ।

    साफ च्याम्पियनसीपमा पहिलो र दोस्रो खेल जितेको नेपाल हाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ। पहिलो खेलमा नेपालले साबिक विजेता माल्दिभ्सलाई १–० गोलले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गरेको थियो।



    नेपाल र भारत दुबै उपाधि दाबेदार टोली हुन्। यी दुई टोलीलाई प्रतिस्पर्धाको सबैभन्दा बलिया टोलीका रुपमा हेरिएको छ। पहिलोपटक साफ च्याम्पियनसीपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले उक्त खेलमा भारतलाई पराजित गरेमा फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।



    हालसम्म नेपाल र भारतबीच सबैखाले प्रतिस्पर्धामा गरी २१ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेपालले २ खेलमात्र जितेको छ। १४ खेल भारतले जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ।

    साफ च्याम्पियनसीपको तयारीस्वरुप नेपाल र भारतले गत महिना दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेलमा एक–एक गोलको बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो।

    फिफा वरियतामा पनि भारत नेपालभन्दा निकै माथि रहेको छ। बलियो प्रतिस्पर्धी भारतलाई सो खेलमा पराजित गरेमा नेपालको मनोबल उच्च हुनेछ र नेपाल उपाधितिर लम्किनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार