Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रकाशशरण महतसहित कांग्रेस नेताहरु भारत जाँदै

    प्रकाशशरण महतसहित कांग्रेस नेताहरु भारत जाँदै

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन्।

    पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेको बताइएको छ। उनीहरु भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा त्यहाँ प्रस्थान गर्न लागेका हुन्।



    कांग्रेसका नेताहरू बिहीबारदेखि चार दिन नयाँदिल्लीमा रहनेछन्। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद् बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार