Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजदेखि मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ खुल्ला

    आजदेखि मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ खुल्ला

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ ) आजदेखि निष्काशन गरेको छ । कम्पनीले ९० लाख कित्ता आईपीओ प्रतिकित्ता १०० अंकित शेयर आजदेखि निष्काशन गरेको हो।

    मध्य भोटेकोशी जलविद्युत् कम्पनीले निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।



    उक्त आईपीओमा छिटोमा असोज २५ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।



    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार