Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना भाइरस:

    १ हजार ४३ जनामा संक्रमण पुष्टि हुँदा ८९१ जना डिस्चार्ज, १२ जनाको मृत्यु

    १ हजार ४३ जनामा संक्रमण पुष्टि हुँदा ८९१ जना डिस्चार्ज, १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५ हजार ४६५ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ११ हजार १६५ जनाको पीसीआर विधिबाट र ४ हजार ३०० जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८९१ संक्रमित निको भएर घर फर्किएका छन्।



    यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १९२ जनाको मृत्यु भएको छ।



    यसअघि हिजो मंगलबार ९६८ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार