Online Nepal
  • शुक्रबार, १७ मंसिर २०७८
  • ओलीलाई लाग्यो ठूलो झट्का, सुदूरपश्चिमका एमाले नेता भानुभक्त जोशी नेकपा समाजवादीमा प्रवेश

    ओलीलाई लाग्यो ठूलो झट्का, सुदूरपश्चिमका एमाले नेता भानुभक्त जोशी नेकपा समाजवादीमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सुदूरपश्चिम नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यससँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो झट्का लागेको छ।

    बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा समाजवादीमा प्रवेश गरेका हुन् । तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जोशीलाई सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनीत गरेको थियो ।



    पूर्व एमाले नेता जोशीले बिहीबार नै नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको  नेकपा समाजवादीको पार्टी सचिवालयले जनाएको छ । उनलाई नेकपा एसमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको बताइएको छ ।

    जोशीले पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको बताएका छन् । २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जोशी सोही क्षेत्रबाट २०६४ सालमा  संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार