Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाढी-पहिरो प्रभावितलाई भेट्न ३ महिनापछि मनाङ पुगे गृहमन्त्री खाँण

    बाढी-पहिरो प्रभावितलाई भेट्न ३ महिनापछि मनाङ पुगे गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरे ।

    उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए ।



    सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो ।



    सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार