Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यात्रुहरुसँग बढी भाडा लिने ९ जना बिचौलिया पक्राउ

    यात्रुहरुसँग बढी भाडा लिने ९ जना बिचौलिया पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

    ट्राफिक प्रहरीका अनुसार बिभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र यात्रुलाई टिकट काटिदिन्छु भन्दै मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ बर्षका समिर श्रेष्ठ, धनकुटाका ३० बर्षिय किरण लिम्बु र सुनसरीका २८ बर्षे सविन राई पक्राउ परेका छन् ।



    त्यस्तै, टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौँ बस्ने बर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ बर्षे बिशाल गुरुङ्ग र कैलालीका २९ बर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।



    त्यसैगरीकाठमाडौँको कलंकीबाट बर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बर्ष ३७ को बिनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

    उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।पछिल्लो समय ट्राफिक महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको जनाएको छ ।

    चाडपर्बको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने भन्दै सहज र सुरक्षित यात्राको व्यबस्था गर्न ट्राफिक प्रहरीले बिशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको  हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार