Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नयाँ दिल्लीमा नेपाल-भारत रेल परियोजना सञ्चालन समितिको बैठक सम्पन्न

    नयाँ दिल्लीमा नेपाल-भारत रेल परियोजना सञ्चालन समितिको बैठक सम्पन्न

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेपाल- भारत सीमापार रेल सञ्जालबारे बसेको संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठक सम्पन्न भएको छ।

    गत असोज २० देखि २१ गतेसम्म भारतको नयाँ दिल्लीमा बसेको बैठकले हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यबारे समीक्षा गरेको थियो।



    बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालय DPA-III का सह–सचिव अनुराग भुषणले गरेका थिए । दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव केशव कुमार शर्माले गरेका थिए ।



    बैठकमा जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले Standard Operating Procedures (SOPs) मा हस्ताक्षर गरेका छन् । साथै रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा समेत हस्ताक्षर गरिएको जनाइएको छ ।

    प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यस्तै दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे छलफल गरेका थिए ।

    हालै निर्माण सम्पन्न भएको भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किमि खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्न हेतु गरिएको प्रविधिक पूर्वतयारीबारे पनि बैठकमा समीक्षा गरिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार