Online Nepal
  • शुक्रबार, १७ मंसिर २०७८
  • कोरोना भाइरस:

    ७६४ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

    ७६४ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

    एक हजार ३३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ६८८ जनाको पीसीआर परिक्षण गर्दा ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ९ हजार ४६६ जनाको पीसीआर विधिबाट र १ हजार २२२ जनाको एन्टीजेन परीक्षण बिधिबाट परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३३ संक्रमित निको भएर घर फर्किएका छन् ।



    यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २१० जनाको मृत्यु भएको छ।

    यसअघि हिजो बिहीबार ८०५ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार