Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जडिबुटीको अबैध कारोबार गर्ने सोलुखुम्बुका राई प्रहरीको फन्दामा

    जडिबुटीको अबैध कारोबार गर्ने सोलुखुम्बुका राई प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले जडिबुटीको अबैध कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला महाकुलुङ गा.पा.वडा नं.३ घर भइ हाल काठमाडौँ तार्केश्वर न.पा.वडा नं.९ ईन्द्रायणी पुल बस्ने ३३ बर्षीय रबिन्द्रकुमार राई रहेका छन् । महाशाखाको टोलीले राईलाई गत असोज २० गते बुधबार ईन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमि स्कुलको कम्पाउण्डभित्रबाट पक्राउ गरेको हो।



    अबैध रुपमा सतुवा जस्तो देखिने जडिबुटीको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको टोलीले राईको कोठाबाट ८३.५ के.जि. सतुवा जस्तो देखिने जडिबुटी समेत बरामद गरेको महाशाखाले जनाएको छ।



    पक्राउ परेका राईलाई आवश्यक थप कारबाहीको लागि जिल्ला वन डिभिजन कार्यालय काठमाडौँ पठाईएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार