Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिकै ठूलो हिंसात्मक आक्रमण, ५० बढीको मृत्यु

    अफगानिस्तानमा तालिबान शासन सुरु भएपछिकै ठूलो हिंसात्मक आक्रमण, ५० बढीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अफगानिस्तानमा गत महिना तालिबानहरुले विद्रोह गरेर शासन सत्ता आफ्ना हातमा लिएपछि दुई दिनअघि सबैभन्दा ठूलो हिंसात्मक हमला भएको छ । काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ ।

    एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो । उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन् ।



    बिहीबार सो हमला भएको थियो । त्यसमा परेर अरु १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ । गम्भीर प्रकृतिका घाइतेहरुको मृत्यु हुने क्रम बढेको बताइएको छ ।यहाँको एक मस्जिदमाा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका रहेका पनि पाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।



    तर यस हमलामा इस्लामिक स्टेट्सको हात हुन सक्ने प्रहरीले जनाएको छ । साथै यहाँका सुन्नी मुसलमान अतिवादीहरूको पनि हात हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानमा रहेको इस्लामिक स्टेटले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । त्यसैले आक्रमणमा यसैको हात हुन सक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार