Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • देश र जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आईजीपीको निर्देशन

    देश र जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले व्यक्तिगत स्वार्थ भन्दा माथि रहि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै आईजीपी खनालले निस्वार्थभावले सेवा प्रदान गर्न पनि निर्देशन दिए ।



    सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा शुभकामना ब्यक्त गर्दै आईजीपी खनालले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोग तथा सुरक्षकालागि देशका विभिन्न नाकाहरुमा सहायता कक्ष स्थापना गरि निस्वार्थभावले सेवा प्रदान गर्दै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपदमा परेकाको उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताए ।



    आईजीपी खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आज देशभर कार्यरत तथा बिभिन्न राष्ट्रसंघिय मिसनहरुमा रहि शान्ती स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना समेत गरेका छन् ।

    राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्दै उनले जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

    आईजीपी खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तीपूर्वक हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियासिल रहन त्यसै अवसरमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार