Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीले यस वर्ष दशैंको टीका नलगाउने

    ओलीले यस वर्ष दशैंको टीका नलगाउने

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बिजयादशमीको टीका नलगाउने भएका छन् ।

    ओलीका प्रेस संयोजक रामशरण बजगाका अनुसार यसै वर्ष ओलीका पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाइदिने भएका हुन् ।



    अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । तर, ओलीले नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोह आयोजना गरेको बजगाईले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार