Online Nepal
  • शुक्रबार, १७ मंसिर २०७८
  • कोरोना भाइरस:

    ७८५ जना संक्रमित थपिँदा १२ जनाको मृत्यु, ८८८ डिस्चार्ज

    ७८५ जना संक्रमित थपिँदा १२ जनाको मृत्यु, ८८८ डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 767
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८८८ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३३ पीसीआर परीक्षणमा ६६३ र ४ हजार ९६२ एन्टिजेन परीक्षणमा ११२ जना गरी ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा १२ जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ६२२ जना होम आइसोलेसनमा र १,१६५जना होम आइसोलेसनमा छन् ।

    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार  २४३ पुगेको छ।

    यसअघि हिजो आइतबार ५९६ जनामा संक्रमण पुष्टि हुँदा ८७१ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार