Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आईपीएल: बेंगलोरलाई हराउँदै कोलकत्ता क्वालिफायरमा

    आईपीएल: बेंगलोरलाई हराउँदै कोलकत्ता क्वालिफायरमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

    सोमबार राति सारजाहमा भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।



    अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।



    बेंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

    कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।

    बेंगलोर हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

    बेंगलोरका कप्तान विराट कोहलीले ३९, देबदत्त पडिकलले २१ तथा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

    कोलकाताका सुनिल नारायणले ४ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार